शुनिल राना/कञ्चनपुर, १६जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ नम्बर वडा भवन कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच १९ नम्बर वडा भवन कार्यालय उद्घाटन गरिएको हो ।
भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम थारु (चौधरी)ले चुनावमा जनतासंग गरेको बाचा अनुरुप भवन निर्माण भएको बताए । वडाध्यक्ष चौधरीले जनताको सेवा सुविधाका लागि दुई तले भवन निर्माण गरिएको बताए ।
वडाध्यक्ष चौधरीका अनुसार १ करोड, ४३ लाख, ७० हजार बराबरको बजेटमा दुई तले भवन निर्माण गरिएको छ ।
भवनमा हल सहितका कोठा व्यवस्थापन गरिएका छन । यस अघि स्वास्थ्य कार्यालय भवनमा रहेको वडा कार्यालय अहिले आफ्नै भवनमा निर्माण भएपछी दैनिक प्रशासनिक कामकाजदेखि विकास निर्माणका योजनामा सहजता हुने बताए ।
कार्यक्रममा भीनपा १९ का वडा सदस्य भागरथी कुँवर(विष्ट)ले दुई बर्षको कार्यकार्यलको उपलब्धी सार्वजनिक गर्दै जनप्रनिधी आएपछि भौतिक विकास सहितका कामकाज अघि बढिरहेको बताईन ।
बागफाँटा स्थित सुक्र्रराज टोलमा नवनिर्मित भवनको कार्यक्रमका विच भीमदत्त नगरका मेयर पदम बोगटीले भवन अनुरुप जनतालाई सेवा सुविधा दिनुपर्नेमा जोडदिए । कार्यक्रममा उपप्रमुख निलम लेखकले पनि भवन अनुरुप सेवा विस्तारमा जोडदिएकी छिन ।
कार्यक्तममा निर्वतमान वडासदस्यद्वय सन्तोषी साउद(ऐरु), साईबा रानाले वडा कार्यालयबाट स्तरिय सेवाका साथै विकास निर्माणमा सुझाव दिएका छन । वडा सदस्य डम्बर जोराले विकास निर्माणका कामकाजदेखि स्तरिय सेवा सुविधामा प्रतिबद्धता जाहेर गरेका छन । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।
Discussion about this post