फोटनका ईलेक्ट्रोनिक मिनीबस बजारमा

कञ्चनपुर, १८जेठ । एमएसडब्लू कम्पनीले फोटन ब्राण्डका ईलेक्ट्रोनिक मिनीबस बजारमा ल्याएको छ । फोटनले ईलेक्ट्रोनिक मिनीबस बजारमा ल्याएको हो । सुदूरपश्चिम प्रदेश कैलाली धनगढी स्थित बडीमालिका टे«डिङ्ग आधिकारिक बिक्रेता रहेको छ ।

शुक्रबार फोटनका मिनीबस बारे कञ्चनपुरका यातायात व्यवसायीसंग छलफल गरेको छ । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका बडीमालिदका टे«डिङ्गका संचालक राजेन्द्र खत्रीले फोटनका सवारी साधन बिक्रि वितरण शुरु गरिएको बताए । उनका अनुसार सुप प्रदेशमा समेत उक्त सवारी साधनको माग बढिरहेको बताए ।

ईलेक्ट्रोनिकबाट संचालन हुने उक्त फोटन ११, १४ र १५ सिटे रहेका छन । माईलेजदेखि बस्न सुविधायुक्त साधन उपभोगले ईन्धनको खपतमा समेत कमि ल्याउनेछ । एमएसडब्लू फोटन कम्पनी नेपाल प्रमुख नविन आचार्यले उक्त सवारी साधनको विशेषता बारे जानकारी गराउँदै पछिल्ला दिनहरुमा देशभर माग बढिरहेको बताए ।

उनका अनुसार उक्त सवारी साधनको मागसंगै नेपालको विद्युत नेपालमै खपत भारतबाट खरिद गर्नुपर्ने ईन्धनको समेत खपत कम हुने बताए । कञ्चनपुरका यातायात व्यवसायीले उक्त सवारी साधन खरिद गरे बाफत ग्राहकलाई सहुलियत सुविधा दिनुपर्नेमा जोडदिएका छन ।

नेपाली सेना २५बाहनीका बाहनीपत्ति सहायकरथी मनोज थापाको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालन युवा व्यवसायी रदिप पालले गरेका थिए । कार्यक्रममा यातायात क्षेत्रका व्यवसायी सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित