दार्चुला:
जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा शुक्रबार यार्चागुम्बा संकलनका क्रममा भिरबाट लडेर एक युवकको मृत्यु भएको अपिहिमाल गाउँपालिका–३ का वडाअध्यक्ष गगनसिंह कार्कीले बताए। अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको उनले जानकारी दिएका छन् ।
काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको वडाअध्यक्ष कार्कीले बताए। मृत्तकको शव आफन्तले लेकबाट गाउँतिर ल्याएर दाहसंस्कार भएको बताइएको छ।
Discussion about this post