बेलडाँडीका ४८ वर्षीय धर्म ओड हराएको धेरैदिन हुदासमेत नभेटिदा खोजी गरिदिन परिवारको अपिल

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका २ नवजागरण टोल बस्ने ४८ वर्षीय धर्म ओड हराएका छन् ।

यसै जेठ ४ गते बिहान १० बजेदेखि घरबाटै सम्पर्कबिहीन बनेका उनको खोजीका लागि परिवारले चौतर्फी अपिल गरेका छन् । घरका कसै मान्छेलाई केहि नभनि निस्केका ओडलाई स्थानीयले क्याम्प चोक देखि ट्रकमा बसेर दैजी जानदेखेको बताए ।

उनका बुवा धने ओडका अनुसार उनले कालो रङ्गको टाउजर र कालै रङ्गको टिसर्ट लगाएर घरबाट निस्केको बताए । गहुँगोरो वर्ण अन्दाजी ५.५फिट लम्वाई रहेको छोरो आफ्न्तको घर गएको छनकि भनेर एकदुई दिनमा आईहाल्ला भन्ने आसले कसैलाई खवर गरिएन यता उता खोज्दा कतै खवर नपाएपछि आजै प्रहरीमा समेत खोजिदिने रिर्पोट गरको बताउनु भयो ।

कसैले भेटेमा ९८१०६०१३४१ मा कल गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवार जनले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित