लाल बहादुर एस के/पुनर्वास/जेष्ठ १९ । कंचनपुरको पुनर्वासमा बहाई समुदाय द्दारा आयोजित किशोर-किशोरी आध्यात्मिक सशक्तीकरणका लागि सातदिने सेमिनार विविध कार्यक्रमका सहित सम्पन्न भएको छ ।
बिगत सात दिन देखि पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित सहिद भवनमा आयोजित सेमिनार को बिधिवत समापन भएको हो।
बाह्र देखि पन्ध्र बर्षका किशोर-किशोरीहरुको आध्यात्मिक अनुभुती, अभिव्यक्ति शक्तिको बिकास, स्वस्थ नैतिक संरचनाको बिकास, उत्कृष्टता अवधारणामा स्पस्टता, आशा, सम्पुष्टि जस्ता महत्त्वपूर्ण अवधारणा बारेको बुझाईलाई मजबुत गर्ने उदेश्यकाका साथ सेमिनारको आयोजना गरेको कुरा लर्निङ साईट स्रोत ब्यक्ति सुरिता रानाले बताउनु भयो।
सेमिनारको दौरान किशोर अवस्थामानै आफ्ना प्रतिभा र क्षमतालाई पहिचान गरेर जीवनको कुलिन लक्ष्य तय गर्न र जुनसुकै परिस्थितिमा पनि उक्त लक्ष्य प्राप्त गर निरन्तर प्रयास गर्न मदत गर्ने उदेश्यले पुनर्वास नगरपालिका वडा नम्बर २ का १३८ किशोर-किशोरीहरुको लागि ३ दिने सशक्तीकरण क्याम्पको पनि आयोजना गरेको कुरा एकजना अर्को स्रोत ब्यक्ति रेशिका थारुले बताउनु भयो।
उँहाले भन्नु भयो “१२ देखि १५ बर्षको उमेर ठुलो परिवर्तनबाट गुज्रने उमेर हो। यहि समयमा शारीरिक, मानसिक, बौद्धिक एंव संवेगात्मक बिकास हुने हुनाले उनिहरुमा अथाह जिज्ञासा् हुने हुँदा यदि यस उमेर सहि तरिकाले उनिहरुलाई सहायता गरिएना भने यसले नकारात्मक बाटो तर्फ धकेलिने ठुल डर हुन्छ।”
अर्को तर्फ यस उमेरमा आफुलाई कसैले उपदेश दिएको मन नपर्ने बरु आफ्नो साथिसमुहमा खुल्ने भएकाले एउटा कुशल सल्लाहकार र कुशल साथि बनेर उनीहरुको सशक्तीकरण गर्नु पर्नेमा उँहाले जोड दिनुभयो।
समापन कार्यक्रमको प्रमुख अथिति एंव पुनर्वास नगरपालिका नगर उप-प्रमुख भुलिया कुमारी रानाले समाजको आमूल परिवर्तनमा किशोर-किशोरीको भुमिका महत्त्वपूर्ण रहने गरेको बताउदै सबैले उनीहरुको सशक्तीकरणमा योगदान दिन जोड दिनुभयो। उँहाले आजका किशोर-किशोरी भोलिका नेतृत्वकर्ता भएकाले समयानुकूल चेतना अभिवृद्धि गर्न सकिएन भने समाजले क्षेती व्यहोर्नुपर्ने स्थिति आउन सक्ने कुरा समेत औल्याउनु भयो। साथै उप-प्रमुख रानाले नगरपालिकाले पनि लागू औषध दुर्ब्यसनि, महिला हिंसा जस्ता समाजिक विकृति विसङ्गतिका विरुद्धमा विविध कार्यक्रमको आयोजना गर्ने र गराउने गरिरहेको जानकारी गराउदै बहाई समुदायले किशोर-किशोरीहरुका लागु संचालन गरिरहेका कार्यक्रमको निरन्तरता का लागि नगरपालिकाले सदैव सहयोग गर्ने बिश्वास दिलाउनु भयो।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा पुनर्वास नगरपालिका वडा नम्बर ३का अध्यक्ष कृष्ण बहादुर तामाङले परिवर्तनका तर्क तथा टीका- टिप्पणी अरुलाई सच्याउन सबैले जोर दिने गरेको पाइने बताउदै बहाई समुदाय भने फरक प्रस्तुति दिएको बताउनु भयो । समाज परिवर्तन र समाजलाई शिक्षित बताउने प्रक्रियामा नयाँ तरिका अपनाएकोले आफुपनि गहिरो सँग प्रभावित रहको बताउनुभयो ।
समापन कार्यक्रममा बोल्ने क्रममा समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि कंचन गिरिले आध्यात्मिक सशक्तीकरण अहिलेको समाजलाई अत्यन्तै जरुरी भएको बताउदै बहाई समुदायको सह्राना गर्नुभयो।
यसैगरी ब्रीलेण्ट स्टार ईंग्लिश स्कुलका प्र.अ प्रेम बहादुर विकले सेमिनारको दौरान आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पनि ३ दिने सशक्तीकरण क्याम्पमा भागलिने सौभाग्य जुराईदिएकोमा बहाई समुदायलाई धन्यवाद दिनुभयो। कार्यक्रमपछि आफ्नो विद्यार्थीहरु अझ बढी सिकाई प्रक्रियामा सक्रिय भएको, लगनशीलता बढेको र पढाईपर्ति झन संबेदनसिल भएको अनुभुति गरेको बताउदै उँहाले आगामी दिनपनि यस्ता कार्यक्रममा निरन्तर गर्न अनुरोध गर्नुभयो।
मोतिबस्ती अमरैया स्थानिय आध्यात्मिक सभाकि सभापति कुशुम एस.केको सभापतित्वमा शुभारम्भ भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य शान्तिमाया तामाङ , भारतबाट सोनम भोजवानी र कोमल कुमारी, समाजसेवी धोके राना , सरस्वती माबिका प्रअ जितेन्द्र पौडेल , सेते बिश्वकर्मा , नारायण प्रसाद जैशी लगायतका समाजसेवी बुद्धिजीवी भद्रभलाद्मिको भाक्लो उपस्तिथि रहेको थियो।
किशोर-किशोरी सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याईरहेका नेपालभरिबाट ५० जना सहभागी कार्यक्रमको संचालन सहायक मण्डलका सदस्य दिनेश एस.के ले गर्नुभएको थियो भने स्वागत मन्तव्य पश्चिम क्षेत्रीय तालीम प्रतिष्ठान वोर्डकी सचीव जानकी चौधरीले गर्नुभएको थियो ।
Discussion about this post