अछाम:
अछाममा एक बालक चट्याङ लागेर घाईते भएक छन्। जिल्लाको कमलबजार नगरपालिका–९ सिद्देखेतको बिष्णुप्रशाद जैशीको घरमा चट्याङ लागेर उनकै ११ वर्षीय छोरा नारायण जैशी घाइते भएका हुुन् ।
जैशीका स्थानिय मष्टा बण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।प्रहरीका अनुसार आइतवार राति १०ः४५ बजेको समयमा उनको घरमा चट्याङ लागेको हो ।
घर गोठमा बाधेका १ ओटा भैसी २ ओटा बाख्रासमेत मरेका छन् भने २ ओटा बाख्रा घाईते भएका छन् ।
Discussion about this post