कञ्चनपुरको निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्य निर्वाचित संसद तारालामा तामाङ्गले उखु किसानहरुको अनुदान रकम उपलब्ध गर्न गराउँन सदन मार्फत नेपाल सरकारसंग जोडदार माग अघि सारेका छन् ।
सांसद तामाङ्गले सभामुखलाई सम्वोधन गर्दै किसानका पिडा बुझिदिन सरकारको ध्यानाक्रर्षण गराएका हुन् । उनले भने “सम्माननीय सभामुख ज्यू !
नेपाल सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपैयाँको दरले उपलब्ध गराउँदै आएको उखुमा अनुदान रकम, कार्यबिधी भन्दा पछि दर्ता भएका कञ्चनपुरका करिब ४४७ जना उखु किसानहरुको अनुदान रकम छुट भएपछि, जिल्ला उखु अनुदान भुक्तानी समितीले २०८० भाद्र महिनादेखि नेपाल सरकारलाई उखुको अनुदान रकम भुक्तानीको लागि मागगर्दै आएकोमा, भुक्तानी नभए पछि पुन २०८१ बैशाख ४गते भुक्तानी समितीको बैठक मार्फत नेपाल सरकारमा मागगर्दै आएको र म स्वयंले सो क्षेत्रको जनप्रतिनिधीको हैशियतले यस सदनमा र सम्बन्धित निकाय तथा मन्त्रालयमा भुक्तानीको लागि माग गर्दै आएकोमा, हाल सम्म पनि अनुदान रकम भुक्तानी नभएकोले यथाशिघ्र उखु किसानहरुलाई अनुदान रकम उपलब्ध गर्न गराउँन यस सदन मार्फत नेपाल सरकारसंग जोडदार माग गर्दछु ।”
लामाले आफ्नो क्षेत्र विकासका निमित्त बारम्वार सदनमा सिमा हुलाकी सडक देखि लिएर विभिन्न मुद्धाहरु उठ्ठान गर्दै आएका छन् ।
Discussion about this post