बेलडाँडी, जेठ २१ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका वडा नं.४ बोहक सबै वडामा वडा भेला सम्पन्न भएको छ । आगामी आर्थिक बर्षका लागि योजना तर्जुमा तथा वडा भेला ४ नं. बाहेक सबै वडाले सम्पन्न गरेको छ ।
सोमबार बेलडाँडी गाँउपालिकाका वडा नं. १ र २ ले आगामी आर्थिक बर्ष ०८१/०८२का लागि योजना तर्जुमा तथा वडा भेला कार्यक्तम गरेको हो भने वडा नं.३ र ५ ले यो भन्दा पहिला नै वडा भेला सम्पन्न गरि सकेका छन् । बेलडाँडी गाउँपालिका वडा नं.४ ले भने अहिले सम्म वडा भेला गरेको छैन् । वडा नं.४ ले वडाले पाउने रकम काटेको भन्दै वडा भेला नगरेको जनाएको छ । वडाले पाउनु पर्ने रकमको व्यवस्थापन गरे वडा भेला गर्ने वडाले जनाएको छ ।
बस्ती हुँदै अन्य सबै वडाले कर्मकाण्डी भएपनि वडा भेला सम्म सम्पन्न गरेका छन् । वडाको भेलामा खासै जनसहभागिता नदेखिएको वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो ।
वडाकै वजेटबाट जनताका माग सम्बोधन गर्न नसकिने भएकाले वडा भेलाबाट पालिका, प्रदेश र संघीय सरकारमा थप योजना माग गरिन लागेको वडाहरुले जनाएका छन् ।
बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले चालु आर्थिक बर्ष ०८०/०८१मा सम्पन्न भएका योजना विवरण सार्वजनिक गर्दै आगामी आर्थिक बर्षका लागि समेत विकास निर्माणका योजना अघि सार्ने बताए । वडाको एकीकृत विकासका लागि पालिका, प्रदेश र संघीय सरकारसंग माग गरेरै भएपनि विकास निर्माण अघि बढाउने वडा अध्यक्षहरु बताउछन् ।
कार्यक्रममा वडाको चौतर्फि स्थायी बृद्धि विकासमा जोडदिदै योजना छनोट गर्दा सबैलाई समेट्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले बाटो घाटो, बत्ती सडकबत्ती, सिंचाई लगायत स्वास्थ्य शिक्षाका योजना तथा कार्यक्रम अघि सारेका थिए ।
Discussion about this post