कञ्चनपुर कैलाली लगायत तराईमा तातो हावा र अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै

कञ्चनपुर । अत्यधिक गर्मी र तातो हावा ‘लु’का कारण कञ्चनपुर कैलाली लगायत तराईका जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ६ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लु’ चल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकतम तापक्रम बढेको जनाइएको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नु पर्ने हुन्छ ।

अत्यधिक गर्मीले तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला–मजदुरी गरेर गुजारा गर्ने मजदुरलाई सबै भन्दा बढी प्रभाव परेको छ ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित