भीमदत्त नगरपालिका ९, १० वडा कार्यालय र बृद्धाआश्रम सडक निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

कञ्चनपुर, जेठ २२ । कञ्चनपुरको भीमदत्त नगरपालिका दुई वडा र बेदकोट नगरको एक सडक निर्माणमा अनियमितता(भ्रष्टाचार)मा भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

भीमदत्त नगरपालिका ९ र १० वडा भवननिर्माण र बेदकोट नगरपालिका ६, ७ मा निर्माण भएको सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर अख्तियारमा उजुरी परेको छ ।

उक्त उजुरीको ५३६२ दर्ता नम्बर रहेको छ ।
उजुरीकर्ताले उक्त विषयमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै राज्यको लगानी सुरक्षित गर्न माग गरेका छन ।
भीनपाका दुवै वडा र बृद्धआश्रम जाने सडक निर्माणमा अनियमितता भए नभएको विषयमा छानबिन गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित