डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

डोटी:

दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका ६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।यस्तै दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका ५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका ४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।

उनीहरूको उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने अझै खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित