बेलडाँडीमा मानव बेचबिखन तथा ओसारपसार न्यनिकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न, यस क्षेत्रमा कार्य गर्ने सिंहलाई सम्मान

बेलडाँडी । “शान्ति पुनर्स्थापना गृहको आह्वान; मानव बेचबिखन विरुद्धको अभियान“ भन्ने मूल नारा सहित कञ्चनपुरको बेलडाँडीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको सहयोगमा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीले आइतबार सरस्वती मावि झरना सागरमा बाल विवाह, महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीका परामर्शदाता जमुना सिंहले जानकारी गराउनु भयो ।

यसै कार्यक्रमका वीच बेलडाँडीमा लामो समय देखि काम गर्दै आएकी शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीका परामर्शदाता जमुना सिंहलाई वडा कार्यालयले सम्मान समेत गरेको छ । सिंहले मानव बेचबिखन तथा ओसारपसार, बाल विवाह, महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी पालिका संगको राम्रो सहकार्य गर्दै समाजमा सकारात्मक कार्य गरेको भन्दै सम्मानित गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका प्रदेश संयोजक सञ्जित सिंहले विद्यार्थी, अभिभावक सहितका सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । जनचेतनामूलक कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गज बहादुर बिष्टले मानव बेचबिखन तथा ओसारपसार, बाल विवाह, महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

सरस्वती मावि झरना सागरका सहायक प्रधानाध्यापक राधाकृष्ण पाठकले विगत भन्दा पछिल्लो समयमा बाल विवाह न्युनिकरण भएको बताउदै लागुऔषध दुर्व्यसन न्यूनीकरण चुनौतीपूर्ण देखिएको बताउनु भयो । त्यस्तै बेलडाँडी गाउँ कार्यपालिका सदस्य गौरीदेवी उपाध्यायले समाजमा देखिएका विकृति न्यूनीकरणका लागि सबैले हातेमालो गर्न जरुरी रहेको र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय बेलडाँडीका सई मोहन बहादुर सिंहले समाजमा हुने यस्ता घटनाबारे कुनै जानकारी प्राप्त भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित