सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सरकारमा जान तयार भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषदलाई पूर्णता दिन लागेका हुन् । स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई समेट्न तीन वटा मन्त्रालय फुटाउदैछन् ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी छ ।

सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी उर्जा खानेपानी तथा सिचाई मन्त्रालय, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण विज्ञान तथा प्रविधी मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाउने मस्यौदा तयार गरिए संगै सरकारलाई पुर्णता दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित