नेकपा एमाले बेलडाँडीको पालिका अधिवेशन अहिले हुँदै, नेतृत्वको लागि भट्ट, खाती र खत्रीको चाहना

नेकपा एमाले बेलडाँडी गाउँ कमिटीको आज हुने दोस्रो अधिवेशनको तयारी पूरा भएको छ । पार्टी पोलिटव्यूरो सदस्य तथा पुर्व वन तथा वातावरण मन्त्री नारदमुनी रानाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज हुने अधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेे कार्यक्रम रहेको एमाले बेलडाँडीले जनाएको छ । नेकपा एमाले बेलडाँडी गाउँ कमिटी अधिवेशनले ४१ सदस्यीय कमिटी चयन गर्ने छ ।

एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित अन्य सदस्यहरु रहनेछन् । एमाले बेलडाँडी गाउँ कमिटीको अध्यक्षका लागि शंकर भट्ट, प्रेमराज खाती र अम्मर खत्री लगायतले चाहना राखेका छन् । सकेसम्म सहमतिमा नया नेतृत्व चयन गर्ने तयारी एमालेले गरेको छ । तीनै जनाले आफ्नो नेतृत्वमा कमिटी बन्ने दावी गर्दै आएका छन् । अध्यक्षको चाहना राख्ने युवा नेता शंकर भट्टले चुस्तदुरुस्थ बेलडाँडीमा पनि प्रतिपक्ष छ है भन्ने कमिटीको चयन हुने बताउदै अव बन्ने कमिटीले पार्टी संगठनलाई एक ढिक्का भएर अघि लैजाने बताउनु भयो । उनी अन्य अध्यक्षका आकांक्षी भन्दा कान्छा चाहना राख्ने नेता हुन ।

यी तीनै नेता स्थानीय निर्वाचन २०७९ मा वडाअध्यक्षका उम्मेदवार बनेका थिए । ७९ मा शंकर भट्ट नेकपा एमाले वडा नं.१ बाट, प्रेमराज खाती एमाले वडा नं.२ बाट र अम्मर खत्री समाजवादीबाट वडा नं.१ का अध्यक्षका उम्मेदवार बनेका थिए । तीनै जनाले नेपाली काँग्रेसका उम्मेदवार संग पराजय भोग्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित