नेकपा एमाले बेलडाँडी नेतृत्वका लागि ३ अनुहार मैदानमा, बन्द सत्र चल्दै

नेकपा एमाले बेलडाँडी गाउँ कमिटीको दोस्रो अधिवेशन शुरु भएको छ । पार्टी पोलिटव्यूरो सदस्य तथा कञ्चनपुर इन्चार्ज नारदमुनी रानाले अधिवेशनको उद्घाटन गरेका छन् ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न रस्साकस्सी चलेको छ । अधिवेशनको उदघाटन सत्र सकिएर नेता कार्यकर्ताहरु बन्द सन्त्रमा प्रवेश गरेका छन् । नेकपा एमाले बेलडाँडी गाउँ कमिटी अधिवेशनले ४१ सदस्यीय कमिटी चयन गर्ने छ । कमिटी चयनका लागि ९२ जना प्रतिनिधी तथा आयोजक छनौट भइसका छन् ।


उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज नारदमुनी रानाले सहमति सहकार्यको आधारमा कमिटी चयन गर्न सुझाव दिएका छन् । उनले वर्तमान राजनितिको बारेमा चर्चा गर्दै जनाताले एमाले नेतृत्व चाहि रहेको बताए । उनले भने ७९ मा केहि विराएका जनाताले पछुतो मान्दै उप निर्वाचनमा एमालेलाई माया गरेको देखिएको बताए ।

एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित अन्य सदस्यहरु रहनेछन् । एमाले बेलडाँडी गाउँ कमिटीको अध्यक्षका लागि शंकर भट्ट, प्रेमराज खाती र अम्मर खत्रीले चाहना राखेका छन् । सकेसम्म सहमतिमा नया नेतृत्व चयन गर्ने तयारी एमालेले गरेको छ । तीनै जनाले आफ्नो नेतृत्वमा कमिटी बन्ने दावी गर्दै आएका छन् । अध्यक्षको चाहना राख्ने युवा नेता शंकर भट्टले चुस्तदुरुस्थ बेलडाँडीमा पनि प्रतिपक्ष छ है भन्ने कमिटी आजको आवश्यकता रहेकाले आफुले नेतृत्व चाहेको बताउनु भयो । उनले भने अफ्नो नेतृत्वमा कमिटी बनाई संगठनलाई एक ढिक्का भएर अघि लैजाने बताउनु भयो । उनी अन्य अध्यक्षका आकांक्षी भन्दा कान्छा चाहना राख्ने नेता हुन ।

यस्तै प्रेम खातीले भने आफ्नो नेतृत्वमा गाउँ कमिटी बनाइदिन नेता कार्यकर्ता सबैसंग आग्रह गर्नु भयो । आफ्नो नेतृत्वमा सहमति हुनेमा आफु विश्वस्त रहेको बताए । उनले भने मिसन ८४ एमालेको पक्षमा पार्न आफुले अहम भूमिका निर्वाह गर्ने बताउनु भयो ।

यस्तै अर्का अध्यक्षका आकांक्षी अम्मर बहादुर खत्रीले भने बेलडाँडी एमालेलाई दुरुस्त राख्न आफुले नेतृत्व लिनुपर्नेमा जोड दिए । दुबै पक्षलाई आफुले समेटेर पार्टीपंतीलाई एकढिक्काका साथ अघि बढाउन सक्ने बताउनु भयो । यो अधिवेशनले बेलडाँडी एमालेलाई एकढिक्का बनाउने आफु विश्वस्त रहेको जनाए ।

यी तीनै नेता स्थानीय निर्वाचन २०७९ मा वडाअध्यक्षका उम्मेदवार बनेका थिए । ७९ मा शंकर भट्ट नेकपा एमाले वडा नं.१ बाट, प्रेमराज खाती एमाले वडा नं.२ बाट र अम्मर खत्री समाजवादीबाट वडा नं.१ का अध्यक्षका उम्मेदवार बनेका थिए । तीनै जनाले नेपाली काँग्रेसका उम्मेदवार संग पराजय भोग्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित