कञ्चनपुर । सत्ता साझेदार दल नेकपा एमाले कञ्चनपुरले जिल्लाका पालिकामा अधिवेशन गरिरहेको छ । शुक्रबारदेखि शुरु भएको एमाले पालिका अधिवेशन अन्तरगत बेलौरी नगरपालिकामा नेतृत्व सहित पदाधिकारी चयनमा सहमती हुन नसकेपछि चुनावी प्रकृयाबाट पदाधिकारी चयन गरिएको हो ।
आँकाक्षीविच सहमती हुन नसकेपछि निर्वाचन कमिटिले आइतबार निर्वाचन गरेको छ । अध्यक्ष पदका लागि नवराज शाही र टक बहादुर बोहरा सहित पदाधिकारीमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । सहमती हुन नसकेपछि निर्वाचनमा नवराज शाही प्यानल निर्वाचित भएको एमाले बेलौरीका नेताहरुले जनाएका छन ।
एमाले नेताहरुका अनुसार शाहीले आफ्ना प्रतिस्पधर्मी टक बोहरालाई २८मतको अन्तरले हराउदै अध्यक्षमा चयन भएका छन । नवराज शाही १०१ , टक ब. बोहरा ७३मत ल्याएका छन । उपाध्यक्षमा सहबीर महतरा निर्वाचित भएका छन । महतराले ६मतको अन्तरले प्रतिस्पर्धी कोपिला चौधरीलाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन । महतराले ८७ र कोपिला चौधरीले ८१मत ल्याएका थिए । सचिवमा हस्त बहादुर विक निर्वाचित भएका छन ।
विकले शिवराज रानालाई ७मतको अन्तरले हराउँदै सचिवमा चयन भएका छन । विकले ८६, रानाले ७९मत ल्याएका थिए । उपसचिवमा मिश्रीलाल राना र गिता डगौरा निर्वाचित भएका छन । रानाले भोजराज चौधरीलाई १७मत र डगौराले शाहीलाई ४१मतको अन्तरले हराउँदै उपसचिवमा निर्वाचित भएका हुन । मिश्रीलाल रानाले ९२,भोजराज चौधरी ७५, गिता डगौरा १०५ र नैनादेवी शाही ६४मत ल्याएका थिए ।
१८४ कुल मतदाता मध्ये १८१ मत खसेको १ मत बदर भएको छ । नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले सहमतीय हुन नसकेपछि अन्तिममा आएर चुनावी प्रकृयाबाट पदाधिकारी चयन गरिएको बताए ।
‘अधिवेशन अघि नै साथिहरुले समुह बनाएर चुनावी वातावरण बनाईसकेका रहेछन, ‘उनले भने, ‘हामीले अथक प्रयास गर्दा गर्दैपनि चुनावी लोकतान्त्रिक प्रकृया अपनाउन बाध्य भएका छौँ ।’ यस अघि एमाले लालझाडी गाँउपालिकाको मात्रै नेतृत्व सहमतीया टुङग्याईएको छ ।
Discussion about this post