नेकपा एमाले बेलडाँडीको अध्यक्षमा खाती सर्वसहमत चयन

बेलडाँडी । नेकपा एमाले बेलडाँडी गाउँ कमिटी दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले प्रेमराज खातीलाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा वीर बहादुर खड्का, सचिवमा शंकर दत्त भट्ट, उपसचिवमा गणेश बिष्ट र फुलकुमारी राना निर्वाचित गरेको हो । प्रेमराज खातीको अध्यक्षतामा भएको अधिवेशनले ४१ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको युवा नेता कमल रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार पार्टीलाई एक ढिक्का बनाउनका लागि सर्वसहमत चयन गरिएको बताए ।


अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले पोलिट व्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नादरमुनी रानाले उदघाटन सत्रमा बोल्दै सहमति सहकार्यको आधारमा कमिटी चयन गर्न सुझाव दिएका थिए । उनले वर्तमान राजनितिको बारेमा चर्चा गर्दै जनाताले एमाले नेतृत्व चाहि रहेको बताए । उनले भने ७९ मा केहि विराएका जनाताले पछुतो मान्दै उप निर्वाचनमा एमालेलाई माया गरेको देखिएको बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नारदमुनी राना, जिल्ला सह इन्चार्ज नर बहादुर धामी, माननीय तारालामा तामाङ, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला इन्चार्ज लक्ष्मी बुढा लगायत पदाधिकारी सदस्य, वडा प्रतिनिधी तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित