सुशासनलाई थप मजबुत बनाउने : कञ्चनपुर प्रजिअ सापकोटा

कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले सुशासन, शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन । सोमबार जिल्लाका संचारकर्मीसंग छलफल गर्दै प्रजिअ सापकोटाले सुशासनका लागि प्रतिबद्ध रहेको बताए । कञ्चनपुरलाई सुशासनमा १ नम्वर बनाउन सबैसंग हातेमालो गरेर अघि बढ्ने जनाउनु भयो ।

प्रजिअ सापकोटाले जिल्लाको शान्ति सुरक्षा, सुशासन, अनियमितता र सार्वजनिक सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए । प्रजिअ सापकोटाले अतिक्रमित सार्वजनिक जमिन खाली गर्ने अभियान जारी रहने जनाए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सीमा क्षेत्रमा रहेका विवाद निरुपणका लागि प्रशासनबाट कुटनीतिक रुपमा पहल गरिरहेको जनाकारी गराए । हिजो राजनितिक दल संग परिच्यात्मक तथा अन्तरक्रिया गरेको र आज संचारकर्मीहरुसंग समेत परिच्यात्मक गरेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित