गुल्मीमा    टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

 

गुल्मी अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी शंकर पोखरेलले जानकारी दिएका छन् ।

अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका ७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो ।दुर्घटनामा छत्रदेव ७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका २ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् ।

घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित