जनकपुर:
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।
निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको जानकारी दिएका छन् ।
बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएका छन् ।
Discussion about this post