आजको मौसम कस्तो छ

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । पूर्वी नेपालमा भने मनसुनी प्रणालीको पनि प्रभाव रहेको छ ।अजा कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने ।बागमती, मधेश र कोशी लगायत पहाडी भू(भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहने छ ।

बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।यस्तै, बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थान तथा बाँकी भू(भागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।आज राति भने बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित