बेलडाँडीका चौधरीको आर्थिक अभावले उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन परिवारको अपिल

बेलडाँडी, जेठ ३२ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका एक जना विरामीको आर्थिक अभावका कारण धनगढीको अस्पतालमा उपचारमा समस्या देखिएको छ । बेलडाँडी गाउँपालिका–३ बैबाहाँका ३१ वर्षीय गणेश चौधरी दुई महिना देखि अस्पतालमै छन् । गत चैत २३ गते कामबाट घर फर्किए लगत्तै बेहोस भएका चौधरी अहिले धनगढी स्थित मायामेट्रो अस्पतालमा छन् ।

मस्तिष्कघात भएर बेहोस भएका चौधरीको चैत २३ गतै नै शल्यक्रिया गरिएको थियो । पाँच लाख खर्च लाग्ने भनेर शल्यक्रिया गरिएका चौधरीको उपचारमा अहिलेसम्म १५ लाख हाराहरीमा बिल आइसकेको चौधरीकी दिदी आरती चौधरीले बताइन् ।

आर्थिक स्थिति नाजुक भएका कारण अस्पतालमा केबल २ लाख रकम मात्रै जम्मा गर्न सकेको र बाँकी जुटाउन समस्या भइरहेको बेला तेस्रो शल्यक्रिया समेत गरिएको परिवारजनले बताए । चौधरी दैनिक मजदुरी गरेर घर खर्च चलाउने र खेत तथा अन्य सम्पत्ति नभएकाले खर्च जुटाउन समस्या भएको परिवार श्रोतले बताउदै आर्थिक सहयोगका लागि सबै पक्षलाई गुहार मागिरहेका छन् । अस्पतालको खर्च बुझाउन नसकेको अवस्थामा भाइको तेस्रो शल्यक्रिया गर्नुपर्ने भएकाले खर्च जुटाउन के गर्ने भनेर चौधरी परिवार चिन्तित बन्दै हारगुहार गरिरहेका छन् । वृद्ध बुवा, श्रीमती र दुई छोराछोरीको समेत लालनपालन गर्ने जिम्मेवारी भएका गणेश अचेत भएर ढलेदेखि उनको परिवारमाथि बज्रपात परेको छ ।.

ससुरालीले दिएको एक कट्ठा जग्गामा घर बनाएर करिब पाँच कट्ठा ऐलानी जग्गा मात्रै रहेका चौधरीको उपचार रकम चुक्ता गर्न समस्या हुने भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ । विपन्न परिवारलाई सरकारले एक लाख उपचार खर्च दिने भए पनि १५ लाख भन्दा बढी आइसकेको छ ।

उपचार गर्न समस्या भएको समाचार लेख्न मिडियाकर्मी तथा विभिन्न युट्युबरहरूलाई अनुरोध गर्न खोज्दा समेत धेरैजसोले फोनसमेत नउठाएको चौधरीका भिनाजु जीवन श्रेष्ठले बताए । चौधरीको उपचारमा आर्थिक समस्या भएकाले सक्दो सहयोग गर्न सार्वजनिक अपिल गरिएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई बिरामी चौधरीको श्रीमती श्रीदेवी चौधरीको एनएमबी बैंकको खाता नम्बर ११८०१८०७५९७०००१८ मा सक्दो सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित