कञ्चनपुर–कैलाली जोड्ने मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदै

भाष्कर केसी/कञ्चनपुर, ३२जेठ । सुदूरपश्चिम प्रदेश तराईका दुई जिल्ला(कञ्चनपुर–कैलाली) जोड्ने मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदैछ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ राजघाटदेखि कैलालीको धनगढी उपमहानगरपालिका १३ बोराडाँडी जोड्ने झोलुङ्गेपुल निर्माण गरिन लागेको हो ।

कृष्णपुर नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा झोपुङ्गेपुल निर्माण गरिन लागिएको कृष्णपुर नगरका मेयर हेमराज ओझाले बताए ।

मेयर ओझाले सघीय सरकारको झोलुङ्गेपुल क्षेत्र कार्यक्रम अन्र्तरगत ८५ लाख, ७८ हजार, १५७ रुपैया, कृष्णपुर नगरपालिकाको १४ लाख, २२ हजार,७६६ र स्थानीय जनश्रमदान २लाख, १८ हजार ८८७रुपैया गरी कुल १ करोड, ८लाख, ४४ हजार ३५७ रुपैया बजेटमा पुल निर्माण गरिने छ ।

झण्डै १सय २०मिटर लम्बाईको पुल निर्माण हुने मेयर ओझाले बताए । मेयर ओझाले कृष्णपुर ८ र ९ विभिन्न वडाका स्थानीयहरु धनगढी बजारमा दैनिक किनमेलदेखि स्थानीय किसानलाई कृषि उपज बिक्रि वितरण गर्न, विद्यार्थीलाई आवत जावत गर्न र मजदुरलाई धनगढी बजारमा आउन जान सहजताका लागि पुल निर्माणको योजना ल्याएको बताए ।

कृष्णपुर नगरकी उपप्रमुख द्रोपती रानाले नागरिकको समस्या मध्य नजर गर्दै पालिकाले योजना ल्याएको बताउँदै पुल निर्माण भएपछि स्थानीयलाई थुप्रै सुविधा हुने बताईन ।
कृष्णपुर नगरपालिका ९का वडाध्यक्ष कैलाश बलायरले मोहना नदीका कारण स्थानीयलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै पुल निर्माण भएपछि हट्ने बताए । ‘राजघाट सहितका आसपासका गाँउदेखि विवित कामकाजका लागि थुप्रै स्थानीय धनगढी बजारमा जान्छन, ‘उनले भने, ‘पुल नहुँदा जोखिम मोलेर काठको पुल तर्ने र नदी नै तर्नुपर्ने बाध्यता थियो, अब पुल निर्माणसंगै हट्ने छ ।’

राजघाट झोलुङ्गेपुल उपभोक्ता समितिका अध्यक्ष ओम प्रकास चौधरीले हिउँदमा स्थानीयले मोहना नदीमा काठको पुल बनाएर आउजाउ गर्दै आएको र बर्षातका बेला नदीको बहाबले काठको पुल समेत बगाउने समस्या हुने भएकाले टाढाका पुल प्रयोग गर्नुपर्ने नभए जोखिम मोलेर जात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।

उनका अनुसार कैलालीको बोराडाँडी र कञ्चनपुरको राजघाट दुई किलोमिटर दुरीमा रहेकाले पुल नहुँदा समस्या भएको र अब पुल निर्माणसंगै थप सुविधान हुने बताए । समयमै गुणस्तरिय पुल निर्माण गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

पुल निर्माणको कार्य अघि बढेसंगै स्थानीय समेत हर्षित भएका छन । स्थानीय हरि प्रशाद रानाले यस अघि पुल नहुँदा जोखिम मोलेर नदी नै तरेर धनगढी आउजाउ गर्दै आएको र अहिले पुल निर्माण भएपछि सहज हुने बताए । रानाका अनुसार राजघाट, पचगडीया,पिपरैया क्षेत्रका स्थानीयलाई सुविधा हुने बताए ।

पुल निर्माणको जिम्मा राजघाट झोलुङ्गेपुल उपभोक्ता समितिले लिएको छ । भने नेपाल राष्ट्रिय विकास समाज(एनएनडिएस)ले समाजिक तथा प्राविधिक सहयोग गर्ने जनाएको छ । पुल आगामी दुई बर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने छ । १जेठ ०८१मा सम्झौता भई १जेठ ०८३मा सम्पन्न गरिसक्नुपर्ने छ ।

यस अघि मोहना नदीमा कृष्णपुरबाट धनगढी जोड्ने माथिल्लो राजघाट–टनकपुर, तल्लो राजघाट–बोराडाँडी एक झोलुङ्गे र पक्की पुल निर्माण भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित