कञ्चनपुर, ३२जेठ । कर्णाली पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किएका खच्चडको उद्दारमा जोखिम मोलेर खटिएका प्रहरीलाई नेपाल प्रहरीले दुई प्रहरीलाई पुरस्कृत गरेको छ ।
नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय धनगढी र केन्द्रीय प्रहरी कार्यालय काठमाण्डौँले ईलाका प्रहरी कार्यालय कालेकाँडा अछामका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरीलाई पुरस्कृत गरेको छ ।
ईप्रका कालेकाँडा अछामका इन्चार्ज प्रहरी सहायक निरीक्षक फराल र हवल्दार चौधरीलाई पुरस्कृत गरेको नेपाल प्रहरीले जनाएको छ । उनीह?लाई केन्द्रीय प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको छ ।
२७ जेठ अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडास्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए।
असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो। पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए। सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका साथ कर्तब्यनिष्ठ भई उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्नु गरेका फराल र चौधरीलाई उत्कृष्ट कार्यको कदर स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ।
साथै उनीहरुलाई डीआईजी रबिन्द्र केसीले व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामना गरेका छन । कञ्चनपुरको सीमावर्ती क्षेत्र सहित जहाँ जहाँ कार्य जिम्मेबारी पाएका सहायक प्रहरी निरीक्षक फरालले उत्कृष्ठ कार्य गर्दै आएका छन ।
Discussion about this post