कृष्णपुरको कलुवापुरका महिला कृषकलाई कृषि समाग्री वितरण

प्रकास भट्ट, जेठ ३२ । कञ्चनपुरको कृष्णपुर नगरपालिका कलुवापुरका स्थानीय महिला किसानलाई कृषि समाग्री वितरण गरिएको छ । स्थानीय सरकारले कृष्णपुर नगरपालिका ७ कलुवापुरका स्थानीय महिला किसानलाई कृषि समाग्री वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका कृषि विकास शाखाले फुलबारी महिला कृषक समुहलाई कृषि समाग्री हस्तान्तरण गरेको छ । कृष्णपुर नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर धामीले पालिकाले महिला कृषक समुहलाई समाग्री खरिद गरेर दिएको बताए । उनका अनुसार विद्युतीय सिँचाई मटर, ईलेक्ट्रोनिक ट्याङकी, पोली हाउस सहितका कृषि समाग्री वितरण गरिएका छन ।

यसका साथै स्थायी टनेल समेत निर्माण गरिएको छ । ‘स्थायी टनेल पनि निर्माण गरिएका छौँ, ‘उनले भने, ‘बर्षभरी किसानले जतिबेलामा पनि मौषम अनुसार तरकारी खेती गर्न सक्छन ।’ फुलबारी महिला कृषक समुहकी अध्यक्ष हरिना रानाले पालिकाबाट पाईएका कृषि समाग्री समुहमा रहेका किसानलाई वितरण गरिने बताईन ।

उनले १५जना महिला किसानलाई समाग्री वितरण गरेर कृषि कार्यका लागि सहजता गराउने बताईन । कृष्णपुरकी उपप्रमुख द्रोपती रानाले किसानको माग अनुरुप कृषि समाग्री उपलब्ध गराएको बताउँदै उनले समाग्री पाएपछि किसानलाई सुविधा भएको बताईन । कृष्णपुरका मेयर हेमराज ओझाले महिला किसानलाई पनि आत्मनिर्भर बनाउने उदेश्यका साथ समाग्री वितरण गरिएको बताए ।

‘हाम्रो नगरका अधिकाँस पुरुष व्यवसायिक कृषिखेतीमा जुटेका छन, ‘उनले भने, ‘संगसंगै महिलालाई पनि कृषिमा आत्मनिर्भर बनाउन खोजेका छौँ ।’ किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि समाग्री वितरणदेखि उनीहरुलाई थप आत्मर्भिर बनाउनका लागि बजार सहितको सुनिश्चिता गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित