कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र बनाउनेको लर्को, बुढापाखालाई सास्ती

बेलडाँडी । कञ्चनपुरमा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको लर्को लागेको छ । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विहानै देखि लामो लर्को लाग्ने भिड भएको छ ।

मन्त्रिपरिषद्को गत जेठ २४ को निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले यो टन्टलापुर घाममा लाइन बस्न बुढापाखा बाध्य भएका छन् । बुढेसकालमा परिचय पत्र बनाउन सरकारी कार्यालय धाउन बाध्य बनेका उनीहरु सरकारी कार्यालयमा घन्टौंसम्म कुर्नुपर्दा हैरान भएका छन। कतिपय अक्सिजन सिलिण्डर साथै लिएर राष्ट्रिय परिचय पत्र बनाउने लाइनमा लममबद्ध भएका खबरहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।

बेलडाँडीका २ जना बृद्धबृद्धाहरुलाई परिचय पत्र बनाउन उनका नातीले बिहानै अटो बुक गरेर महेन्द्रनगर पुर्याए तर अत्यधिक भिडका कारण उनले टोकन नपाउदा निराश भएर घर फर्किनु पर्यो । उनेले भने “सकभर पालिकामा यो अभियान चलाई दिएको भए आज यस्तो सास्ती नुहने भन्दै त्यसो गर्न नसकेपनि पालिका वायज गरिदिएपनि यसरी दुःख नपाइने बताउनु भयो ।” यता दुःख भयो उता खर्च बढ्यो अर्को दिन पनि टोकन पाइन्छकी पाइदैन भन्दै दुखेसो पोख्नु भयो ।

सरकारले राज्यबाट पेन्सन लगाएतका सुविधा लिइरहेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाउन भनी दोहोरो सुविधा दिने कार्य रोक्ने समेत उद्देस्यले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्था गरेको हो । यस्तो व्यवस्था राम्रो भएपनि बुढेसकालमा घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता सृजना गरेर आफूहरुलाई ठूलो सास्ती दिएको जेष्ठ नागरिकहरुले टिप्पणि गरेका छन ।

जिल्ला प्रशसान कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले भने “भिड व्यवस्थापनका लागि हामीले पालिकाहरुसंग र विभाग संग छलफल गरिराखेका छौं । पालिकाहरुले आट्यो भने पालिका बाटै सेवा दिने बारेमा समेत छलफल भइरहेको बताउनु भयो ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो । विभागका अनुसार अहिले ७३ ओटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन भइसकेको छ ।

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, दाङ, कपिलवस्तु, बाँके, सुर्खेत, बर्दिया, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की र तनहुँ रहेका छन् ।

बलबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित