नव नियुक्त मन्त्री पातललाई शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिदै भने : कञ्चनपुरको दक्षिणी क्षेत्र विकासमा ध्यान दिइदिनु होला

बेलडाँडी । सुदूरपश्चिम प्रदेश सरकारका नव नियुक्त मन्त्री बिर बहादुर थापा (पातल)लाई बेलडाँडी बेलौरीका शुभ चिन्तकहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन । सुदूरपश्चि सरकार विस्तारका क्रममा नव नियुक्त हुनु भएका विना विभागीय मन्त्री थापालाई मुख्यमन्त्री कार्यालय धनगढीमै आइतवार भेटेर उनका शुभचिन्तकहरुले खादा ओडाउदै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

शुभकामना दिने क्रममा बेलडाँडी बेलौरीका शुभचिन्तकहरुले कञ्चनपुरको सिमावर्ती दक्षिणी क्षेत्र विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनीहरुले बेलडाँडी बेलौरीको कृषि, पर्यटन, शिक्षा, सडक, भौतिक पूर्वाधार लगायत विभिन्न विषयमा विशेष ध्यान दिइदिन आग्रह गरेका छन् ।

मन्त्री थापाले आफ्नो क्षेत्रको विकास संगै सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुराउने निती तथा कार्यक्रम ल्याईने बताएका छन् । अहिले बजेट बनि सकेकाले धेरै योजना अटाउन नसकिएको स्वीकार गर्दै कतिपय बेलौरी बेलडाँडीका योजनाहरु आफुले पारेको बताए । बेलडाँडी बेलौरी र पुनर्वासका क्याम्पसहरुको प्रवद्र्धनका लागि विशेष कदम चालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित