धनगढी । अत्याधिक गर्मीले याकुल-ब्याकुल हुदा समेत पानी नपरेपछि कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो ।
अत्यधिक गर्मीले याकुल ब्याकुल बन्दा समेत पानी नपरेपछि सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको हो । कैलाली कञ्चनपुरमा अत्यधिक गर्मीले हैरान बनाएको छ । पानी नपर्दा गर्मी बढेको हो । भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको जनाइएको छ ।
अत्यधिक गर्मी बढेपछि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो जिल्लाका विद्यालय पनि बन्द भइसकेका छन् भने कतै बिरामी बढेका छन् । बिहान र बेलुका घर बाहिर हिँडडुल गर्न सकिए पनि दिउँसोको तापक्रम उच्च भएसँगै सडकहरु सुनसान बनेका छन् ।
गर्मी बढेसँगै चिकित्सकहरुले खानपानमा विशेष ध्यान दिन र चर्को घाममा घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।
Discussion about this post