यि हुन क्षेत्र नं. १ बाम लोकतान्त्रिक गठबन्धका निर्वाचन परिचालन समिति कमाण्डर

105
VIEWS

बेलडाँडी,
आशन्न ४मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र(बाम, लोकतान्त्रिक) गठबन्धनले संयुक्त चुनाव प्रचार प्रसार समिति बनाएको छ ।

शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनको पुनर्वासमा बसेको बैठकले संयुक्त चुनाव प्रचार प्रसार समिति गठन गरेको हो । प्रचारप्रसार समितिमा दुवै पाटीबाट प्रतिनिधी र प्रदेश सभा तर्फ नेताहरुलाई जिम्मेबारी दिईएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल संयोजकत्वमा क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिती बनाएको हो ।

उक्त समितिमा नेपाली काँग्रेसका क्षेत्रीय सभापती गोपी प्रशाद उपाध्यायलाई सह( संयोजकको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर एकको प्रदेशसभा १ मा निर्वाचन परिचालन समितिमा लागि नेपाली काँग्रेसका प्रदेश १ का सभापति मानबहादुर रोकाया संयोजकको जिम्मेवारी दिएको छ । बैठकले सह संयोजक मा माओवादी केन्द्रका कञ्चन गिरि लाई जिम्मेवारी दिएको छ ।

कञ्चनपुर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रदेश सभा २ का सभापति चेतन कुमार राइलाई निर्वाचन परिचालन समितिको संयोजक को जिम्मेवारी दिएको छ । सह( संयोजक मा नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद जोशीलाई जिम्मेवारी दिइएको नेपाली काँग्रेसका क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्यायले बताए ।

संविधानको रक्षा , गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुलाई निर्धक्क मतदान गर्न सम्पुर्ण लोकतन्त्रवादी जनसमुदायमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले आह्वान गरेको बताए ।

देशमा लोकतन्त्र र संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएकोले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन पर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।
उनीहरुले बाम गठबन्धनका उम्मेदवारी भारी बहुमतले जिताउने गरी ब्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार