बेलडाँडीका धन बहादुर (विकास) एशियाली एम्पुटी फुटबल च्याम्पियनशिप–२०२५ का लागि बंलादेश जादै

बेलडाँडी, कञ्चनपुर– कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँमा जन्मेका धन बहादुर महता (विकास) अहिले एक ऐतिहासिक अवसरको तयारीमा छन् । महता नेपाली राष्ट्रिय एम्पुटी फुटबल टिमको सदस्यको रूपमा एशियाली एम्पुटी फुटबल च्याम्पियनशिप–२०२५ मा भाग लिन बंगलादेश जाँदैछन् । यो च्याम्पियनशिप आगामी ५ देखि १२ फेब्रुअरी २०२५ सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने भएको छ ।

आज शुक्रबार, महेन्द्रनगरमा उनका साथीभाइ, परिवार र फुटबल संघका प्रतिनिधिहरूले उनलाई शुभकामना सहित विदाई गरेका थिए । महता र नेपाली टोली २२ गते ढाका प्रस्थान गर्ने छन् ।

धन बहादुर महता सानै देखि फुटबलका प्रेमी मात्र होइन, पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्याउँदै आएका एक सक्षम युवा हुन् । महता एक होनहार पत्रकार, समाजसेवी र समर्पित खेलाडीको रूपमा परिचित छन् । उनले पत्रकार महासंघ कञ्चनपुर शाखामा दुई कार्यकालसम्म सक्रिय सदस्यको रूपमा कार्य गरेका छन् र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

उनको सफलता केवल खेलकुदमा मात्र सीमित छैन, उनले आफ्नो पढाइमा पनि मास्टर्स पूरा गरेका छन् । खेलकुद, पत्रकारिता र जागिरको क्षेत्रमा उनले सफलता प्राप्त गर्दै, ती सबै कार्यलाई समायोजन गर्दै अघि बढेका छन् । महता एक मिहेनेती र समर्पित युवा हुन् जसले जीवनका विभिन्न क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्नुभएको छ ।

एशियाली एम्पुटी फुटबल च्याम्पियनशिप २०२५ एक प्रतिष्ठित प्रतियोगिता हो जसमा विशेष शारीरिक अपांगता भएका (एउटा खुट्टा र एउटा हात नभएका) खेलाडीहरूले भाग लिन्छन् । यस प्रतियोगिताले अपांगता भएका व्यक्तिहरूलाई खेलकुदमा समावेश गर्ने, उनीहरूको आत्मविश्वास र क्षमता बढाउने एउटा प्रभावकारी माध्यमको रूपमा काम गर्दछ ।

एउटा हात नभएकाले गोलरक्षक र एउटा खुट्टा नभएकाले अग्रपंक्तिमा खेल्ने गर्दछन। एम्पुटी खेलकुद समाज नेपालले नेपाली एम्पुटी फुटबलको बिकासमा अग्रसर रहेको छ। बंगलादेश एम्पुटी फुटबल संघ , इराक,इरान,इन्डोनेसिया , उजगिस्तान र नेपालले भाग लिने छन्।

यस च्याम्पियनशिपमा विभिन्न एशियाली देशहरूको राष्ट्रिय टिमहरू प्रतिस्पर्धा गर्दै, अपांगता भएका खेलाडीहरूको क्षमता र राष्ट्रको समावेशीकरणको महत्वलाई उजागर गर्छ । महता जस्ता खेलाडीहरूको सहभागिता यस प्रतियोगितामा निश्चित रूपमा नेपालका लागि गर्वको कुरा हो ।

महताको एशियाली एम्पुटी फुटबल च्याम्पियनशिप–२०२५ मा सहभागीता, बेलडाँडीका लागि गर्वको विषय बनिसकेको छ । स्थानीयहरूले यो अवसरलाई ठूलो उत्साह र सम्मानका साथ हर्षित रूपमा लिएका छन् । महताले आफ्नो गाउँ, जिल्ला र देशको नाम रोशन गर्नेछन् भन्ने विश्वास व्यक्त गर्दै, बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना लगायत स्थानीयहरूले उनलाई आगामी प्रतियोगितामा सफलता प्राप्त गर्न शुभकामना दिएका छन् ।

उनलाई यो अवसरमा विजय प्राप्त गर्नका लागि शुभकामना दिएका छन्। महताले आफ्नो मेहनत र समर्पणले नेपाल र बेलडाँडीको नाम रोशन गर्नका लागि कुनै कसर बाँकी राख्ने छैनन् भन्ने विश्वास व्यक्त गरिएको छ ।

यो उपलब्धी सबैका लागि प्रेरणा बन्न पुगेको छ । महताले भनेका छन्, “यो मेरो व्यक्तिगत सफलता मात्र होइन, समग्र नेपाल र मेरो गाउँ बेलडाँडीको शान हो । म नेपाल र बेलडाँडीको नाम गर्वका साथ अघि बढाउनेछु”भन्दै काठमाडौं प्रस्थान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित