भारत–पाकिस्तान तनावका बीच इन्धन अभावको हल्ला : नेपालमा आपूर्ति नियमित

काठमाडौँ । भारत–पाकिस्तान युद्धको सम्भावनाबीच भारतमा इन्धनको खपत बढेको छ। विशेषगरी एलपी ग्यासका उपभोक्ताहरूले अभावको डरले ग्यास संकलन गर्न थालेका छन्। बजारमा माग अत्यधिक बढेपछि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले ग्यासको कुनै अभाव नरहेको भन्दै उपभोक्तालाई निश्चिन्त रहन सार्वजनिक अपिल गरेको छ।

भारतमा फैलिएको हल्लासँगै नेपालमा पनि इन्धन अभावको आशंका गरिए पनि नेपाल आयल निगमले आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ। निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार अहिले सबै किसिमका इन्धन आपूर्ति सहज छन् र अभाव हुने कुनै संकेत छैन। “अहिलेसम्म आईओसीबाट आपूर्ति सम्बन्धी कुनै नकारात्मक जानकारी आएको छैन,” उनले भने, “त्यसैले समस्या हुने सम्भावना देखिँदैन।”

भारतको उत्तरी क्षेत्रमा अवस्थित राजस्थान र पञ्जाबका एलपीजी बोटलिङ प्लान्टहरू युद्धको असरमा पर्नसक्ने भन्दै त्यहाँ अभावको हल्ला फैलिएको हो। तर नेपालका लागि ग्यास आपूर्ति मुख्यतः बिहारको बरौनी रिफाइनरी, पूरबका लागि पश्चिम बंगालको हल्दिया र पश्चिमका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट हुँदै आएको छ। यी क्षेत्रहरू युद्ध प्रभावित क्षेत्रभित्र पर्दैनन्।

नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक त्रासमा नपर्न र आपूर्तिको अवस्था सामान्य रहेकोमा विश्वास गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित