अलौकिक स्वास्थ्य शिविरको दक्षिणाबाट गौरादेवी मन्दिरलाई १ लाख सहयोग, गुरु सिमान्त केसीको पहलको प्रशंसा

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिकामा सञ्चालन गरिएको अलौकिक स्वास्थ्य शिविरबाट संकलित दक्षिणाबाट गौरादेवी मन्दिरलाई १ लाख रुपैयाँ सहयोग गरिएको छ। धार्मिक, सामाजिक र स्वास्थ्य सेवाको त्रिवेणीका रूपमा सञ्चालन गरिएको उक्त शिविरमार्फत संकलित रकम एक कार्यक्रमका बीच गौरादेवी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।

अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी प्रा. लि. का गुरु सिमान्त केसीको पहलमा संकलित उक्त सहयोग रकम वडा नम्बर ५ का अध्यक्ष केशब बहादुर खत्रीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी जोगेन्द्र भण्डारीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष खत्रीले धार्मिक स्थलको संरक्षण र प्रवर्द्धन स्थानीय समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अलौकिक स्वास्थ्य शिविरजस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक, स्वास्थ्य तथा धार्मिक पहलहरूमा वडा कार्यालयको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी जोगेन्द्र भण्डारीले अलौकिक स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई सेवा प्रदान गर्नुका साथै मन्दिर संरक्षणका लागि आर्थिक सहयोग जुटाउन सफल भएको बताउनुभयो। समाजसेवा र धार्मिक कार्यलाई एकैसाथ अघि बढाउने उद्देश्यले आफूले स्वास्थ्य शिविर सञ्चालनका लागि आफ्नै स्वामित्वको २ कट्टा जग्गा अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी प्रा. लि. का गुरु सिमान्त केसीलाई दान गरेको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, धर्म र समाजसेवाको समन्वयमा गरिएको यो कार्यलाई अनुकरणीय उदाहरणका रूपमा लिँदै गुरु सिमान्त केसीको नेतृत्व, पहल र सामाजिक योगदानको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले यस्ता शिविरहरूले सेवा, सहयोग र सद्भावलाई एकैसाथ प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी प्रा. लि. का गुरु सिमान्त केसीले समाजको स्वास्थ्य, धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित