भारतमा निपाह भाइरस देखिएपछि पश्चिमी नाकामा निगरानी कडा

कञ्चनपुर । छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा यसको जोखिम फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पाँच प्रमुख नाकाबाट नेपाल भित्रिने यात्रुमाथि स्वास्थ्य जाँच कडा पारिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट तथा कञ्चनपुरको गड्डाचौकी नाकामा स्थापना गरिएका हेल्थ डेस्कबाट नियमित निगरानी भइरहेको छ ।

नाकामा प्रवेश गर्ने यात्रुको स्वास्थ्य अवस्था निगरानी गर्नुका साथै आवश्यक परे तत्काल प्रतिक्रिया जनाउन कोभिड-१९ महामारीका समयमा निर्माण गरिएका आइसोलेसन वार्डहरू समेत तयारी अवस्थामा राखिएको जोशीले बताए ।

निपाह भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता थप मजबुत बनाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित