कञ्चनपुर-१ मा दिउँसो १ बजेसम्म ४३ हजारभन्दा बढी मत खस्यो, मतदान शान्तिपूर्ण

कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो १ बजेसम्म ४३ हजार ३९८ मत खसेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये २२ हजार ८११ महिला र २० हजार ५८७ पुरुष मतदाता रहेका छन्।

बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी रहेको जनाइएको छ। विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। यहाँबाट प्रतिनिधि सभा सदस्य पदका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन्।

उम्मेदवारहरूमा नेकपा एमालेका तर्फबाट २०७९ सालको निर्वाचनमा निर्वाचित सांसद तारालामा तामाङ, नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर, नेपाली कांग्रेसबाट गोपि प्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायत अन्य उम्मेदवारहरू रहेका छन्।

मतदान प्रक्रिया शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको र साँझसम्म मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित