३४ वर्षपछि डडेल्धुरामा कांग्रेसको किल्ला ढल्यो, रास्वपाका डा. ताराप्रसाद जोशी भारी मतान्तरसहित विजयी

डडेल्धुरा :डडेल्धुरामा झण्डै तीन दशकभन्दा बढी समयदेखि कायम रहेको नेपाली कांग्रेसको राजनीतिक वर्चस्व यसपटकको निर्वाचनसँगै अन्त्य भएको छ। ३४ वर्षपछि उक्त जिल्लामा कांग्रेसको किल्ला ढलेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी भारी मतान्तरसहित निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार डा. जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेका हुन्।

डा. जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मतमा चित्त बुझाएका छन्।

त्यस्तै प्रतिस्पर्धामा रहेका नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले ३ हजार ०२६ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्।

यस परिणामलाई डडेल्धुराको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। लामो समयदेखि कांग्रेसको बलियो प्रभाव रहेको जिल्लामा नयाँ राजनीतिक शक्ति उदाएको संकेतका रूपमा विश्लेषकहरूले यसलाई अथ्र्याएका छन्।

मत परिणाम सार्वजनिक भएसँगै डडेल्धुरामा रास्वपा कार्यकर्ताहरूले उत्सव मनाउन थालेका छन् भने नयाँ नेतृत्वप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित