काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।
केही समय यता स्वास्थ्य अस्वस्थ रहेका उहाँको पार्थिव शरीर ओली निवास, गुण्डुमा लगेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने तयारी छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। अध्यक्ष ओली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिन्छ।



















Discussion about this post