कट्टेलले अहिले अमेरिका फर्किने कुनै योजना नरहेको र रंगशालाको विषयमा केन्द्रीय सरकार, भरतपुर महानगरपालिका तथा सम्बन्धित निकायसँग छलफल गर्ने बताए। उनले निर्माण कार्यमा संलग्न आफ्ना सहकर्मी र व्यवसायीहरूको हितका लागि न्याय दिलाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
विगत पाँच वर्षसम्म सिंहदरबार धाउँदा पनि समस्या समाधान नभएको गुनासो गर्दै उनले देशमा नयाँ सरकार गठन भएकाले अब न्याय प्राप्त हुने आशा जागेको बताए।
“मैले जे गरेको छु, राष्ट्रको हितका लागि गरेको छु। रंगशालामा भएको काम पारदर्शी छ, अनुमानित लागतभन्दा कम बजेटमा उत्कृष्ट निर्माण गरिएको छ,” उनले भने। यस विषयमा सरकारी निकायहरूले विभिन्न चरणमा छानबिन गरिसकेको पनि उनको दाबी छ।
कट्टेलले वर्तमान प्रधानमन्त्रीसँग भेटेर आफ्नो समस्या र रंगशालासम्बन्धी सबै विवरण राख्ने तयारी रहेको जानकारी दिए। उनले रंगशाला निर्माण र देशका लागि आफूले निस्वार्थ भावनाले काम गरेको स्मरण गर्दै देश छोड्ने कुनै योजना नरहेको स्पष्ट पारे।
“म आज जे छु, यो देश र कलाकारिताले दिएको हो। त्यसैले देशप्रतिको माया कहिल्यै कम हुँदैन,” उनले भने।
अमेरिकासँग जोडेर सार्वजनिक भएका विभिन्न समाचार र चर्चाहरू भ्रामक रहेको दाबी गर्दै कट्टेलले अमेरिका जानुको मुख्य कारण छोरीको उपचार मात्र भएको स्पष्ट पारे।























Discussion about this post