कञ्चनपुरका ३ ठाउँमा बम, सेनाकोटोलीद्वारा डिस्पोज

130
VIEWS

 

कञ्चनपुरका विभिन्न स्थानमा राखिएका बमहरु डिस्पोज गरिएको छ। भीमदत्त नगरपालिका–६ र पुनर्वास नगरपालिका–१ र २ मा राखिएका तीन वटा बमहरु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

शनिबार राति पुनर्वास नगरपालिका–१ स्थित सन्तोष आयल स्टोर नजिक र सोही नगरपालिका–२ को अरनिको बस्तिमा फेला परेका बम जस्ता शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ।

ती शंकास्पद वस्तु कसले राख्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले आइतबार बिहान करिब ७ बजेतिर निष्कृय पारेको छ। अहिले उक्त केन्द्रमा अहिले मतदान कार्य जारी छ।

 

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार