काठमाडौँ । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएका छन्।
उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले सातै प्रदेशबाट सुझाव संकलन गर्ने काम सम्पन्न गरिसकेको छ। ती सुझावका आधारमा कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिरहेको जनाएको छ।
तयार पारिएको प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी व्यापक छलफल गरिने एमालेले जनाएको छ। पार्टीको संगठनात्मक शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल गठन गरिएको हो।






















Discussion about this post