बाटो निकासी नहुँदा सयौं बिगाहामा उत्पादन गरिएको उँखु अलपत्र

धनबहादुर बिक/पुनर्वास
यहाँ स्थित कृषि बाटोको अभावमा किसानले उत्पादन गरेको उखुँ सुगरमिल उधोग सम्म पुर्याउन किसानलाई सकस भएको छ ।

उखु पकेट एरिया पुनर्वास नगरपालिका ९ सिताबस्ति स्थित किर्तिपुर मा उत्पादित सयौं बिघा उखुँ बाटो को अभावमा सडक सञ्जाल सम्म पुर्याउने मार्ग नहुँदा त्याहाँका किसान हरू समस्या मा परेका हुन ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ९ किर्तिपुर मा नदि पारि करिब २५० बिघा मा उत्पादन गरिएका उखु बाटोको अभावमा मिलसम्म पुर्याउन समस्या भएको किसानहरूले बताएका छन ।

कञ्चनपुर को पुनर्वास मा रहेको भागेस्वर सुगर एण्ड केमिकल ईण्डसट्रिज प्राली ले मंसिरको दोस्रो सातादेखि यस बर्षको उखु क्रसिङ सुरु गरेको छ ।

मिलले सर्भे गरेको उखु पकेट क्षेत्र साविक परासन , त्रिभुवनबस्ति , कालिका , बाईसिबिचवा , लक्ष्मिपुर र शंकरपुर गाविस मध्ये सबै क्षेत्र बाट किसानले उत्पादन गरेका उखु धमाधम मिलमा लैजाने गरिएपनि कृषि बाटोको अभाव ले किर्तिपुर का किसान का उखु खेतमै अलपत्र पर्दै आएको किसानहरूले बताएका छन ।

६ बिघा मा लगाईएको उखु काटेर खेतमै छ बाटो नहुँदा खेतमै अलपत्र परेको युवा किसान मनु खातिले बताए ।
बाटो निर्माणका लागि स्थानीय सरकार तथा मिलमा पटकपटक अनुरोध गरेपनि खासै सुनवाइ नभएको खातिले बताए ।

दोंदा नदिबाट बगेर आउने नदिले पुनर्वास नगरपालिका ८ मा पुग्दा दुईवटा मार्ग बनाएको छ जसमध्ये एउटा भारतीय सिमा दुधुवा नेसनल पार्क जंगल संग जोडिदै बगेको छ भने अर्को वडा नम्बर ८ देखि करिब ३०० बिघा जग्गा भित्र किसानहरू खेतको बिचबाट बग्ने गरेको छ ।

किसानहरूले उखु सडक सञ्जाल सम्म पुर्याउन हेतु नदिमा ह्युमपाईप को व्यवस्थापन गरिदिन माग गरेका छन । किसान हरूको अनुरोधमा मिलले केहिदिन अघि मात्र सो स्थानमा पाँच ट्रली पिला ईटा झारृपनि उक्त ईटा हाथिको मुखमा जिरा सावित भएको छ ।

पाँच ट्रलि ईटा झारिएको स्थानमा खालि ट्रलि त आरपार हुन सक्छ तर उखु समेत ल्याउन सकिने अवस्था नरहेको उखु किसान चन्द्रबहादुर ऐडीले बताए ।

सो क्षेत्रमा उखु किसान मनु खातिको १० बिघा , रामबहादुर बिष्ट को ८ बिघा , भिमबहादुर ऐडी को ८ बिघा , भरत खातिको १२ बिघा , रनि कुंवर को ८ बिघा , ईस्वर बिक को ३ बिघा , चन्द्रबहादुर ऐडी , हरिबहादुर ऐडी लगायत गरि करिब २५० बिघा भन्दा बढी उखु सडक अभावका कारण अलपत्र परेको किसानहरूले बताएका छन ।

बाटो को समस्या कै कारणले उखु सडकमा आउन समस्या भएमा समस्या समाधान गर्न मिल उधोगबाट जसरि नि समाधान गरिने भागेस्वर सुगरमिल का जि एम द्वारिका नाथ पाण्डेले बताएका छन । अहिले मिलमा उखु ल्याउने किसानको चाप अलि बढी भएकोले केहिदिनभित्रै निकासाका लागि पहल गर्छौ जि एम पाण्डेले बताए ।

पुनर्वास नगरपालिका ९ स्थानीय सरकार प्रमुख तोया प्रसाद शर्माको वडा समेत हो । उखु किसानका बिबिध समस्या समाधान का निम्ति फैरू तामाङ को संयोजकत्वमा भागेस्वर सुगर मिल संग सम्बन्धित किसान हक हित संरक्षण समिति समेत बनेको छ तर समिति को नियमित बैठक सम्म बस्न सकेको छैन भने मिलबाट समितिलाई प्राप्त हुने किसान हित कोष को रकम समेत हिनामिना भएको किसानहरूले बताएका छन ।

किसानले उत्पादन गरेको उखु क्रसिङका लागि मिलमा पुर्याउदा प्रति कुन्टल किसानको १ र मिल को तर्फबाट १ रूपैया गरि प्रति कुण्टल दुई रूपैया उक्त कोषमा जमा हुने नितिनयम बनेको थियो । आर्थिक बर्ष २० ७३ साल को उखु क्रसिङ सिजन सम्म दुई सिजन उक्त समितिको खातामा मिलले रकम भुक्तानी गरेकोमा समितिले किसानको हकमा कुनै खर्च नगरेकाले २०७४ यता रकम दिन बन्द गरेको भागेस्वर सुगरमिलका प्रशासन प्रमुख डम्बर खडकाको भनाइ रहेको छ । तर मिलले एक सिजनका लागि मात्रै अधुरो भुक्तानी दिएको र उक्त रकमले किसानका कृषि सडकमा खर्च गरिसकिएको समितिका अध्यक्ष फैरू तामाङले बताएका छन ।

१७ लाख कुन्टल क्रसिङ गर्ने क्षमता रहेको भागेस्वर सुगर मिलले हालसम्म एक सिजनमा १२ लाख देखि १४ लाख कुन्टल उखु क्रसिङ गर्दै आएको छ ।

नगदे बाली उखु किसानको समस्या प्रति गम्भीर भई सम्बन्धित पक्ष संग सम्बाद गरि किसानलाई राहत हुने वातावरण सृजना गरिदिन किसानहरूले स्थानीय सरकार समक्ष अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित