कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्षबाट राजिनामा दिएको लिखित पत्र नगर प्रमुखलाई बुझाएका छन् ।
महराले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षबाट राजिनामा गर्ने घोषणा हिजो गरेता पनि अाज लिखित रूपमा राजिनामा बुझाएका छन् । महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए ।
महराले संसदिय व्यवस्थाबाट देश र जनताको हित गर्न सम्भव नभएकोले नेकपा माओवादी केन्द्र पार्टी र वार्ड अध्यक्ष दुवै पदबाट राजिनामा गरेर नेकपा बहुमत पार्टीमा प्रवेश समेत गरेका छन् ।
महरा मअोवादी लडुकाबाट अवकास अाई दोस्रो संविधान सभा निर्वाचनमा म्यादी प्रहरी, ०७४ मा वडाध्यक्ष र ०७९ मा पुन: वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले यो भन्दा पहिला पनि अध्यक्षबाट राजिनामा घोषणा गरेका थिए ।
वडा अध्यक्ष बहादुर महराले वडा अध्यक्ष पद र पार्टी कमिटी माओवादी केन्द्रबाट पनि राजिनामा दिदै नेकपा बहुमतमा समावेश भएको जनाएका छन् । महारालाई पार्टी नेकपा बहुमत पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी व्युरो ईन्चार्ज कमरेड महान र पार्टी जिल्ला कञ्चनपुर ईन्चार्जले स्वागत गराएको कञ्चनपुर पार्टी कार्यलय सचिव दिपेन्द्र ऐरीले जानकारी गराउनु भयो ।
Discussion about this post