बेलाैरी,
बेलाैरी नगरपालिका वडा नं ७ द्वारा अत्यधिक केहिदिन यता देखि अत्यधिक चिसो बढेपछि लक्षित वर्गलाई न्यानो कम्बल वितरण गरेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिक , भलमन्सा ,चाकर ,द्वन्द पीडित , दलित ,एकल महिलालाई शुक्रबार न्यानो कम्बल बितरण गरेको हो ।
अाज एक कार्यक्रमका बीच बेलौरी वडा नम्बर ७ मा रहेका जेष्ठ नागरिक, भलमन्सा , चाकर , जेष्ठ नागरिक दलित , एकल महिला , पुर्ण अपांग, अति अशक्त,दलित बालबालिका ,द्वन्द पीडित गरि जम्मा २५० जनालाई ब्ल्याङ्केट बितरण गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराउनुभयो।
बेलौरी नगरपालिका वडा नम्बर ७ को लक्षित बर्गको आर्थिक बर्ष २०७९/०८० को कुल रकम ३ लाख ५० हजारमा उक्त सामग्री बितरण गरिएको हो। कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको अध्यक्षले बताउनु भयो ।
कार्यक्रम बेलौरी नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथि बेलौरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक,र बेलौरी नगरपालिका सबै वडा अध्यक्ष, समाजसेवी, बुद्धिजीवी ,लगायत स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दिवान सिह बिष्टले चिसो मौसममा न्यानो सामाग्री वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुहुँदै बिकास निर्माणका काममा प्रदेश सभा बाट बजेट बिनियोजित का लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष श्रेष्ठ आफ्नो वडा आईपर्ने समस्यालाई समाधान गर्दै वडाको चौतर्फी बिकाशका लागि संघिय सरकार ,प्रदेश सरकारमा पहल गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन तेजबहादुर चन्दले गर्नुभएको थियो।
Discussion about this post