सुदूरपश्चिममा एमालेलाई नागरिक उन्मुक्तिको साथ, राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

24
VIEWS

धनगढी,
कुनै पनि सरकारलाई समर्थन नगर्ने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्ततः हालको सत्ता साझेदार गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका प्रमुख सचेतक गंगाराम चौधरीले हालको नेकपा एमाले र माओवादी नेतृत्वको सत्ता साझेदार गठबन्धनलाई समर्थन निर्णय भएको जनाए ।

‘माओवादी र एमाले नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौ । तर हाम्रो मुद्दा सम्बोधन नभएसम्म हामी सरकारमा नगइ प्रतिपक्षमा बस्ने छौ’, उनले पत्रकाहरूलाई भने ।

नागरिक उन्मुक्तिको समर्थन गर्ने निर्णयपछि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइने भएको छ । भने यता सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी पाएको नेकपा एमालेलाई नेतृत्वको बाटो खुलेको हो ।

योसँगै नेकपा एमाले संसदीय दलको नेता रहेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने मार्ग समेत सुनिश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्तिको समर्थनले एमालेको नेतृत्वमा बहुमत सरकार बन्ने भएको हो ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ को बहुमतको सरकार बन्ने भएको हो ।

यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रावलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सबै पक्षलाई मिलाएर लैजाने बताएका छन । समर्थन मात्रै जनाएको नागरिक उन्मुक्तिलाई पनि साथमा लिएर सहमतिको सरकार बनाउने उनको भनाइ छ ।

उनले भने, ‘हामीले मिलेर काम गर्नुपर्छ, प्रदेशको विकास र समृद्धिको लागि । हामी सहकार्य र साझोदारीमा विश्वास गर्छौ ।’

त्यस्तै, उनले भोलि २७ गते प्रदेश प्रमुख कहाँ बहुमतको सरकारको लागि दाबी पेस गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यालयले भोलि दाबी पेस गर्न अन्तिम समय सीमा दिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार