बेलडाँडी,
माघी पर्वको पावन अवसरमा बेलडाँडी गाउँपालिका र बेलोरी नगरपालिकाले मंगलबार १ दिने स्थानीय विदा गरेका छन् ।
बेलडाँडी गाउँपालिकाले पौष २९ गते एक बिज्ञप्ति जारी गर्दै माघ ३ गते स्थानीय विदा दिने ब्यहारो जनाएको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ ।
प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिकाको मिति २०७९/०९/२१ गते बसेको १२औं गाउसभाको निर्णयानुसार माघी पर्वको पावन अवसरमा मिति २०७९/१०/०३ गतेका दिन बेलडाडी गाउँपालिका क्षेत्रभित्र स्थानिय सार्वजनिक विदा दिइएको व्यहोरा सबैमा जानकारी गराईनुका साथै माघी पर्वको पावन अवसरमा सम्पूर्ण गाउँबासीमा सुख, शान्ती, समृद्धी र भाईचाराको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यस्तै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर वि.क. द्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यस्तो जनाइएको छ । प्रस्तुत बिषयमा यस बेलौरी नगरपालिकाको मिति २०७९।०९।२६ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार माघी पर्वको अवसरमा मिति २०७१।१०।०३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा सबैमा जानकारीका साथै माघी पर्वको अवसरमा सम्पुर्ण नगरबासीमा सुख शान्ति समृद्धि र भाइचाराको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
Discussion about this post