कञ्चनपुर,
नेकपा एमाले निकट कञ्चनपुरका युवा नेता मिलन सिहले सृजना गरेको एक कविता समाजिक सञ्जालमा भाईरल भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका सह इन्चार्ज सिहले सृजना गरेको के के भयो मेरो नगरमा राखिएको कविता शिर्षक भाईरल भएको हो । सिहले के के भयो, मेरो नगरमा मेरो नगरमा दलालीमा डुब्यौँकी सेटिङ्गबाजमा फस्यौँ भन्दै युवाहरुलाई प्रशन गरेका छन ।
मेरो क्युसन युवालाई के भयो मेरो नगरमा भन्दै उनले प्रशन गरिरहेका छन । सिहले सृजना गरेको कविता युवा लक्षित रहेको छ । सिहले युवाहरु सुतेका छन, भ्रष्टाचार मौलायो भन्ने सन्देश दिएका छन ।
युवा दलालीमा डुब्यौँ, कि सेटिङ्गमा फस्यौँ भन्दै गजेडी पो भयौँ, नसेटिमा डुब्यौँकी घडेरी पो पाऔँ भन्दै नगर विकास समितिको जमिन घोटालाकाण्डमा युवा चुपचाप लागेको विषय उजागर गरेका छन । अब नगर विकासको काण्डमा युवा जाग्नेबेला आएको भन्दै सचेत गराएका छन ।
Discussion about this post