महेन्द्रनगर–कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशकै ठूलो क्रिकेट मेला हुने भएको छ ।
स्टार प्रोडक्सनको आयोजना तथा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको मुख्य प्रायोजनमा माघ १४ गते शनिबारदेखि माघ २० गतेसम्म क्रिकेट मेलाको आयोजना हुने भएको हो ।
क्रिकेट मेलाको सम–उद्घाटन शनिबार दिउसो १२ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले गर्ने पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । मेला अन्तरगत फारवेष्टर्न कर्पोरेट क्रिकेट कप २०२३ को चौथो सस्करण भईरहेको हो । फारवेष्टर्न कर्पोरेट क्रिकेट कपको विजेता टिमले एक लाख ११ हजार नगद, ट्रफि र प्रमाण पत्र पाउने आयोजक स्टार प्रोडक्सनले जानकारी दिएको छ । आयोजकका अनुसार उपविजेता टिमले ५५ हजार, ट्रफि र प्रमाण पत्र पाउनेछ । त्यसैगरी सिरिज अफ दि टिमले ५ हजार ५ सय नगदसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । बेष्ट व्यटर र वेष्ट बलरलाई पैतिस–पैतिस सय नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एनआईसि एसिया बैंक, सनराईज बैंक, उदयदेव सहकारी, एनएमवि बैंक, नविन बैंक, नविन बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजि क्लव, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनसिल सहकारी र मेगा सहकारी गरी ११ टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ ।
Discussion about this post