बेलडाँडीमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा डस्टवीन वितरण

138
VIEWS

बेलडाँडी,
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बेलडाँडी चवन्नीले आज डस्टवीन वितरण गरेको छ ।

 

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१औँ वर्ष पूरा गरी २२औँ वर्ष प्रवेशको अवसरमा बेलडाँडी शाखाले बेलडाँडी गाउँपालिका वडा नं २ लाई डस्टवीन वितरण गरेको हो ।

 

औपचारिक वित्तीय सेवाको पहुँचबाहिर रहेका विपन्न ग्रामीण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरूको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिएर स्थापना भएको २२ अाैं वर्ष प्रवेशको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २९ थान डस्टवीन वितरण गरेको बेलडाँडी शाखा प्रमुख लक्ष्मीकान्त देवकोटाले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिशचन्द्र रानाले भने “छरिएर रहेको पुजीलाई एकीकृत गर्दै केही गर्छु भन्नेहरूमा लगानी गरिदिनु संस्थाको राम्रो पक्ष भएको बताए ।” सरसफाइका लागि वितरण गरेको डस्टवीनले सहकार्यको प्रेरणा समेत दिएको जनाए ।

यस्तै संस्थाका प्रदेश प्रमुख अर्जुन प्रसाद पोखरेलले भने अार्थिक अवस्था सुधार गर्नका लागि अाय अार्जमा सबै पक्षबाट जोड दिनु पर्ने बताए । बैंक वित्तीय संस्थाहरूले समाज, समुदाय र जनप्रतिनिधिहरू संग हातेमालो गरेर अघि बढे समाज रूपान्तरमा टेवा पुग्ने जनाए ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रमुख अातिथ्यमा शुरू भएको कार्यक्रममा संस्थाका प्रदेश प्रमुख अर्जुन प्रसाद पोखरेल, बेलडाँडी उपाध्यक्ष शान्ती नाथ, कार्यपालिका सदस्य चेतराम माली, उक्त वडाका वडासदस्यहरू, कर्मचारी लगायत उपस्थितिमा वडा अध्यक्ष नारद सिंह उर्यालले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो ।


संस्थाले हाल देशका ७१ जिल्लामा एक सय ४९ शाखाहरूमार्फत दुई लाख ४३ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार