बैंकको चर्को ब्याजदर बिरुद्धमा विप्लवको बिरोध प्रर्दशन

कञ्चनपुर,
बैंकको चर्को ब्याजदर, लघुवित्तको ज्यादती तथा मिटर ब्याजीहरूको अवैध कारोबार बिरुद्ध विप्लव समुहले महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेका छन् ।

 

व्यप्त भ्रष्टाचार, मङगी, ढिलासुस्ती, सरकारी निकायको लाचारपन बिरुद्धमा नेकपा विप्लवले बिरोध प्रर्दशन गरेको हो ।
हिजो शुक्रबार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेको नेकपा विप्लवका नेता नरेन्द्र रानाक्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार बैंकको चर्को ब्याजदर, लघुवित्तको ज्यादती तथा मिटर ब्याजीहरूको अवैध कारोबार बिरुद्ध नेकपा विप्लव खवरदारी गर्दै खरो उत्रिएको उनले बताए ।

 

यसका साथै सरकारी निकायमाहुने भ्रष्टाचारले जनता मारमा परेको भन्दै भ्रष्टाचार, मङगी नियन्त्रणमा दवाव दिन प्रर्दशन गरेको बताए । हिजो दिउँसोतिर महेन्द्रनर जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गर्दै कोण सभा गरेर समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित