बेलडाँडी,
कञ्चनपुरमा १३औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।
सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।
कञ्चनपुर खेलकुद समितिको आयोजनामा जिल्लाका ९वटै पालिका टिमको सहभागितामा जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै्र कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरे प्रदेशमा पठाईने बताए ।
उनका अनुसार एथलेटिक सहित भलिबल, कब्डी, उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुने छ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा प्रतियोगिता भएको थियो । उदघाटनमै दिन १५सय मिटर दौडमा बेलडाँडीका जगदिश घटाल स्वर्ण पदक पाएका छन ।
भने भीमदत्तका राहुल शर्मा द्वितिय र पुनर्वासका धर्म विष्ट तृतिय भएका छन । जिल्ला स्तरिय छनौट ३दिनसम्म संचालन हुनेछ । जिल्लाबाट छनौट भएका खेलाडी प्रदेश हुँदै केन्द्रमा जाने छन ।
Discussion about this post