भावी राष्ट्रपतिका लागि नेपाली कंग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।
८ दलको सहमति अनुसार पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ ।
सत्ता समीकरण परिवर्तन भएसंगै राष्ट्रपतिमा कांग्रेसलाई माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ती, जनमत, लोकतान्त्रीक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका हुन् ।
Discussion about this post